भारतमा जारी खो खो विश्वकपको पहिलो संस्करणमा नेपाली पुरुष टीमले आज भुटानसँग लिग चरणको चौथो तथा अन्तिम खेल खेल्दैछ।
बिज्ञापन
खेल नेपाली समय अनुसार बिहान साढे ९ बजे सुरु हुनेछ। नेपाल आयोजक भारतसँग ४२–३७ ले पराजित भएको थियो भने समूह एमा रहेको ८०–३४ ले पराजित गरेको थियो। तेस्रो खेलमा नेपालले ब्राजिलमाथि शानदार जित निकालेको थियो।
बिज्ञापन
बुधबार भएको खेलमा नेपालले ब्राजिललाई १३४–८ ले पराजित गरेको हो। समूह एमा ३ खेलमा अपराजित भारत भने एक खेल अगावै क्वाटरफाइनलमा पुगेको छ। नेपाल भने चार तीन खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ।
महिला तर्फ भने नेपाल यस अघि नै क्वाटरफाइनलमा पुगिसकेको छ। नेपाली महिला टोलीले आज पौने ५ बजे बंगलादेशसँग खेल्नेछ। यो खेलले बंगलादेशको भविष्य निर्धारण गर्नेछ। आजको खेल जिते बंगलादेश पनि अन्तिम आठमा प्रवेश गर्नेछ।








