राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा सरकारी वकिलहरुको बहस सकिएको छ।
बिज्ञापन
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिल बहस सकिएर जाहेरवालाको सुरु भएको छ। सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापा लगायतले बहस गरे।
बिज्ञापन
पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार जिल्ला अदालत काठमाडौंमा आफैँ उपस्थित हुन पुगेका थिए। आइतबारै बयान सकिए पनि बहस हुन सकेको थिएन । जसले गर्दा अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको थियो।
सोमबारदेखि थुनछेक बहस सुरु भएको हो।








