जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत आजदेखि दुई खेल हुदै छन्।
बिज्ञापन
धनुषा र पर्सामा जारी प्रतियोगितामा आज मधेश प्रदेशले नेपाल पुलिस क्लबको सामना गर्ने छ। बिहान ९:३० बजेदेखि शुरु हुने यो खेल बिरगंजमा हुने छ। त्यस्तै जनकपुरमा हुने अर्को खेलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दै छन्।
बिज्ञापन
यस अघि आइतबार र सोमबार भएको पहिलो खेलमा दुवै खेल ड्र भएका थिए। जसमा नेपाल पुलिस क्लब र बागमती प्रदेशले सबैभन्दा बढी २२-२२ अंक जोडेका छन् भने मधेश प्रदेशले १७ तथा त्रिभुवन आर्मी क्लबले १६ अंक बटुलेको छ।
चारै टिमले एक अर्काविरुद्ध एक एक अर्थात ३-३ खेल खेलेपछि सबैभन्दा बढी अंक हासिल गर्ने शिर्ष दुई टिमले तीन दिवसीय फाइनल खेल्ने क्यानले जनाएको छ। फाइनल खेल जनवरी १४ मा विरगंजमा हुने छ।








