होमपेज > रिलायबल नेपाल लाइफ मणिग्राम शाखाले गर्‍यो घातक रोग बापत १५ लाखको दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाले गर्‍यो घातक रोग बापत १५ लाखको दाबी भुक्तानी

बिज्ञापन
बिज्ञापन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी कार्यक्रम बिमितको घरमै शुक्रबार (पुष ५) मा सम्पन्न गरेको छ।

बिज्ञापन

कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत १५ लाख रुपैयाँको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते १५ लाख रुपैयाँको बीमा योजना लिएका थिए। २०८१ कार्तिकमा उनलाई ब्रैन स्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो। घातक रोगको दाबी एक कार्यक्रमको बीचमा भएको थियो भने कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, मुर्गिया शाखा प्रमुख गणेश गैरे, भुमही शाखा प्रमुख प्रबिन कंडेल, मार्केटिङ दया तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो।

बिज्ञापन

साथै उक्त कार्यक्रममा MDRT माधव भुसाल,MDRT  कमला जिसि कुँवर, सिनियर एजेन्सी मेनेजरहरु शालिकराम वोस्ती, शालिकराम भण्डारीसमेतको उपस्थिति थियो। एजेन्सी म्यानेजरहरू रेशम भाट, हिमाल राना, शलिकराम तिवारी, नुमकला पङेनी, टांक भुसाल, बसन्ती गिरिलगायत अभिकर्ता, बीमित परिवार, आफन्तजन र स्थानीयबासीहरूको समेत सहभागीता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बीमाको महत्त्व र आर्थिक संकटमा ग्राहकलाई बिमित र परिवार जनलाई बिमाले सुरक्षाको बलियो काम गर्ने विषयमा चर्चा गरेका थिए। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यस कार्यक्रममार्फत बीमितहरूको विश्वासलाई थप सुदृढ गर्दै सेवा बिस्तार निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याएको थियो।
“ग्राहकहरूको जीवन सुरक्षामा हाम्रो प्राथमिकता” नाराका साथ, रिलायबल नेपाल लाइफले यस्ता प्रयासलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ।

बिज्ञापन

नेपालको बीमा इतिहासमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्बाधिक रकम को मृत्यु दाबी बापत रु ४ करोड भुक्तानी गरेको स्मरण गर्दै, थप बलियो बनाएको छ। साथै, रिलायबल नेपाल लाइफले भविष्यमा पनि ग्राहकहरूको अपेक्षा पूरा गर्दै आफ्नो दायित्व कायम राख्ने प्रतिबद्धता जनाएको छ।

शुक्रबार सम्पन्न घातक रोग बापत दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, MDRT माधव भुसाल र सिनियर एजेन्सी मेनेजर शालिकराम वोस्तीले मन्तब्यको क्रममा बिमाको अपरिहार्यता र महत्वलाई सबैले समयमै बुझ्नुपर्छ भन्ने मन्तव्य दिएका थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते