बिज्ञापन
धेरैजसो मानिसहरु कुकुर पाल्न मन पराउछन्। हिन्दु धर्म शास्त्र अनुसार कुकुरको पूजा पनि गरिन्छ। धेरैका घरमा पालिने जनावर भनेको कुकुर नै होला। मानिसहरूको एकान्तको साथी पनि कुकुरलाई मान्न सकिन्छ। 
बिज्ञापन
कुकुर पाल्नाले स्वास्थ्य सम्बन्धी अनेकौँ फाइदा गराउनेबारे धेरै अगाडि प्रमाणित भइसकेको छ। कुकुर पाल्नेहरू शारीरिक रूपमा बढी सक्रिय हुने हुनाले पनि उनीहरू अरु भन्दा लामो समय बाँच्ने, स्वस्थ जीवन जिउने गरेको बताइएको छ।

बिज्ञापन
त्यस्तै तनाव कम गर्न मानसिक स्वास्थ्यमा सुधार ल्याउन पनि घरपालुवाहरूले धेरै मद्दत पुर्याउने गरेको पाइएको छ। रक्तचाप नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल घटाउने र मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने लगायतका स्वास्थ्य सम्बन्धी फाइदाहरूबारे पनि पुष्टि भइसकेको छ।

-कुकुर पाल्दा के के फाइदा हुन्छ?
१-मुड राम्रो बनाउन साथ दिन्छ ।
२-बच्चामा हुनसक्ने छालाको रोग जोगाउन सहयोग गर्छ ।
३-कार्डियोभास्कुलर रोगको जोखिमबाट जोगाउँछ ।

४-मानिसलाई स्वास्थ्य दैनिकीतर्फ सधैँ प्रोत्साहित गर्छ ।
५-मानिसलाई सक्रिय बनाउँछ ।

६-हृदयाघात हुनबाट जोगाउँछ ।
७-कुकुर पालिएको घरका बालबालिका चलाख हुन्छन् ।
८-घरमै कुकुर भएपछि परिवारले सुरक्षित महसुस गर्छन् ।

९-दिक्कलाग्दो वातावरण सिर्जना हुनबाट टाढै राख्छ ।
१०-जोखिममा कुकुरले जीवन बचाउन साथ दिन्छ ।








