मेष
प्रतियोगी परीक्षामा सफलता मिल्न अप्ठ्यारो हुनेछ। वैदेशिक रोजगारबाट लाभ मिल्ला। व्यापार विस्तारको लागि उपयुक्त समय पर्खिनुहोला। आफ्नो कार्यमा स्वतन्त्रता प्राप्त नहोला। शत्रुहरू सक्रिय रहनेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
बिज्ञापन
मिथुन
बिज्ञापन
सञ्चित धनमा वृद्धि हुनेछ। आफन्तहरूको साथ मिल्नेछ। पारिवारिक जमघटको साथमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। बन्धु बान्धवको बीच आत्मीयता बढ्नेछ। बच्चाको शिक्षालाई लिएर चिन्तित रहनुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
सिंह
बिज्ञापन
सन्तानको गल्तीलाई वेवास्ता नगर्नुहोला। स्वास्थ्यप्रति सावधान रहनुहोस्। घर परिवारलाई समय दिने प्रयास गर्नुहोला। व्यापारको दृष्टिकोणले आजको दिन सामान्य रहनेछ। सहयोगीहरूको साथ मिल्नाले चिताएका कार्य पूरा हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
तुला
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। बोलीले अरुको विश्वास जित्न सक्नुहुनेछ। टाढिएका साथीभाइहरूसँग भेट हुनाले मन आनन्दित रहनेछ। जीवनसाथीको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
धनु
राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नुको साथै जनबल बढ्नेछ। बुद्धिको उपयोगले प्रभावशाली व्यक्तित्व बनाउन सकिनेछ। आलस्य गर्नबाट बच्नुहोस्। इन्जिनियरिङ्ग छात्रहरूलाई पढाइमा विशेष लाभ मिल्नेछ। आजको शुभ रंग कालो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ
अनियमित दिनचर्याले थकान महसुस हुनेछ। व्यापार व्यवसायलाई लिएर यात्रा लाभदायक रहनेछ। शैक्षिक वा रचनात्मक कार्यमा सफलता मिल्नेछ। विवादास्पद कामको जिम्मेवारी आउन सक्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
बृष
रोकिएका काम शुरु हुँदा जिम्मेवारी बढ्नेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। समाजसेवामा रुचि बढ्नेछ। महत्त्वपूर्ण लक्ष्य प्राप्तिको लागि क्रियाशील रहनुहोला सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट
पारिवारिक सम्बन्धले नयाँ समस्याहरू निम्त्याउन सक्ला। अप्ठ्यारो कार्यमा मेहनत गर्दा सफलता मिल्नेछ। व्यापार व्यवसायमा कामको चापबाट फुर्सत मिल्न गाह्रो रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कन्या
व्यापार व्यवसायमा धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। सहयोगीहरूले सहयोग दिँदा नयाँ कार्यतर्फ अग्रसर हुनुहोला। राजनीतिक समारोहमा सम्मिलित हुन सक्नुहुनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्न अवसर मिल्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।
बृश्चिक
कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। व्यापारमा गोपनियता राख्नुहोला । विद्यार्थीहरूलाई अध्ययनमा मन नलाग्ला। नोकरी वा पेशामा योगताको मूल्यांकन हुनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
मकर
भाग्यको साथ मिल्नेछ। नसोचेको काम बन्नाले मन प्रसन्न रहनेछ। सूचना बाहिरिन सक्ला गोपनीयताको विशेष ध्यान राख्नुहोस्। कार्यक्षेत्रमा हजुरको कमजोरीको कुरा काट्नेहरूको कमी हुँदैन। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन
अरुको उपकार गर्न सकिनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। भौतिक संसाधन जुटाउने योग छ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सकिएला। आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।








