भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको फ्लाई दुबईले २९ पुसदेखि पुनः उडान थाल्ने भएको छ।
बिज्ञापन
विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार १५ डिसेम्बरदेखि फ्लाई दुबईले यहाँ उडान रोकेको थियो। बाक्लो हुस्सुका कारण विमानस्थलमा नियमित उडान प्रभावित बनेको छ।
बिज्ञापन
एक महिनाका लागि स्थगित उडान १५ जनवरी (२९ पुस) देखि पुनः थाल्ने तिवारीले बताए। गौतमबुद्ध विमानस्थलमा एकसाथ आधा दर्जन कम्पनीले उडान थालेका थिए। तर, हिउँदयाम लागेसँगै उनीहरूले उडान रोकेका छन्।








