होमपेज > स्वर्णलक्ष्मी सहकारी अपचलनमा संलग्न आरोपी जीबी राई र उनका २ दाइहरू पनि फरार प्रतिवादी

स्वर्णलक्ष्मी सहकारी अपचलनमा संलग्न आरोपी जीबी राई र उनका २ दाइहरू पनि फरार प्रतिवादी

बिज्ञापन
बिज्ञापन

स्वर्णलक्ष्मी बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा गितेन्द्रबाबु (जीबी) राई र उनका दुई जना दाइहरूलाई पनि प्रतिवादी कायम गरिएको छ।

बिज्ञापन

काठमाडौँ जिल्ला अदालतमा दायर अभियोग पत्रमा जीबी र उनका दाइहरू ४७ वर्षीय देबेन्द्रबावु राई र ५० वर्षीय अनन्तबाबु राई फरार सूचीमा छन्। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई स्वर्णलक्ष्मीको अध्यक्ष हुन्। ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नम्बर–१ घर भएका दीपहरि राईका ३ भाइ छोराहरू नै सहकारीको रकम अपचलनमा संलग्न देखिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। ४१ वर्षीय जीबी राई विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भैसकेको छ।

बिज्ञापन

५० वर्षीय अनन्तबाबु राई नेचर नेष्ट प्रालि, गोर्खा हर्बल प्रोडक्सन प्रालि, प्यागोडा होम प्रालि, स्प्रिङ उड रियलस्टेट प्रालि र गोरखा ग्रुप अफ कम्पनी प्रालिका सञ्चालक हुन्। देवेन्द्रबावु स्वर्णलक्ष्मीको उपाध्यक्ष हुन्। काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले दायर गरेको अभियोगपत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ।

जीबी राईको पारिवारिक सदस्य ओखलढुंगा घर भएका भूपेन्द्र राई पनि प्रतिवादी छन्। वीरहरि राईको छोरा भूपेन्द्र देव दीप एग्रिकल्चर एण्ड एनिमल हस्वेण्ड्री फार्म प्रा.लि, प्यागोडा होम प्रालि, स्प्रिङ उड रियलस्टेट प्रालि र गोरखा ग्रुप अफ कम्पनी प्रालिका सञ्चालक हुन्।

बिज्ञापन

प्रतिवादीहरूसँग १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० बिगो मागदाबी गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते