होमपेज > मध्यमोदी जलविद्युत् आयोजनामा स्थानीयले किन लगाए ताला?

मध्यमोदी जलविद्युत् आयोजनामा स्थानीयले किन लगाए ताला?

बिज्ञापन
बिज्ञापन

अन्नपूर्ण गाउँपालिका कास्की र मोदी गाउँपालिका, पर्वत अन्तर्गत रहेको मध्यमोदी जलविद्युत् आयोजनामा स्थानीयले ताला लगाएका छन्।

बिज्ञापन

आयोजनाले प्रभावित क्षेत्रमा सहमति अनुसार अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४,५,६,७ र ८ मा सामाजिक उत्तरदायित्वको बजेट पूर्ण रुपमा लगानी नगरेको, आयोजनासँग सम्झौता भएर निर्माण सम्पन्न भएका विकास योजनामा उपभोक्ता समितिलाई ४ वर्षदेखि भुक्तानी नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए।

बिज्ञापन

मोदीखोलामा १० प्रतिशत पानीको बहाब नछोडेको, आयोजना निर्माणाधीन अवस्थामा बम ब्लास्ट गर्दा स्थानीय जनताको घर भत्किएको र क्षतिपूर्ति उपलब्ध नगराएको, वडा कार्यलय र गाउँपालिका कार्यालयमार्फत पटकपटक सिफारिस गर्दा पनि बेवास्ता गरी सुनुवाई नगरेको आरोप स्थानीयको छ। आयोजनाले स्थानीयको लागि साधारण शेयर जारी नगरेको आरोप लगाउँदै अन्नपूर्ण –७ कास्कीका युवा नेता विष्णु चापागाईंको नेतृत्वमा गएको समूहले आयोजना पीडित उपभोक्ता समिति तथा जनताहरूको तर्फबाट तालाबन्दी गरेको हो।

आयोजना स्थलमा मर्मत सम्भारको लागि काम गरिरहेको डोजर (एक्साभेटर) को चाबी पनि सो समूहले कब्जा गरेर लिएको छ। स्थानीयको माग सम्वोधन गर्नुपर्ने माग आफूहरूको पनि रहेको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भरतमान गुरूङले जानकारी दिए।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते