होमपेज > महोत्तरीमा ३ जना छात्राले सँगै विष सेवन गरेपछि…

महोत्तरीमा ३ जना छात्राले सँगै विष सेवन गरेपछि…

बिज्ञापन
बिज्ञापन

महोत्तरीको बर्दिबासमा ३ जना छात्राले सँगै विष सेवन गरेका छन्।

बिज्ञापन

विष सेवन गरेर माइस्थान जङ्गलमा अचेत अवस्थामा भेटिएका ३ जना मध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–१० घर भएकी १६ वर्षीय रिंकु शर्मा छिन्।

बिज्ञापन

महोत्तरीको मनरासिसुवा नपा–२ घर भएकी १७ वर्षीय उषा पण्डित र सिराहा धनगढी नपा–११ घर भएकी १९ वर्षीय सञ्जु यादवको उपचार भइरहेको महोत्तरीको एसपी नुकल पोखरेलले बताए। उनीहरू बर्दिबास स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका जियोमेट्रिक इन्जिनियरिङको विद्यार्थी हुन्।

परीक्षा बिग्रेको भनेर उनीहरूले जङ्गलमा गएर विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार गराइरहेका दुई जनाको अवस्था सुधार भएको छ।

बिज्ञापन

पुस १५ मा छुट्टीको दिन उनीहरूले विष सेवन गरेका हुन्। जङ्गलमा अचेत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते