होमपेज > ग्लोबल आईएमई बैंकले सुनौलो सफलताका साथ १८औं वार्षिकोत्सव मनाउदै : यस्ता छन् एक वर्षका कार्यहरु

ग्लोबल आईएमई बैंकले सुनौलो सफलताका साथ १८औं वार्षिकोत्सव मनाउदै : यस्ता छन् एक वर्षका कार्यहरु

बिज्ञापन
बिज्ञापन

विसं २०६३ मा १८औं वाणिज्य बैंकको रूपमा स्थापित ग्लोबल आईएमई बैंक यतिबेला १८औं वार्षिकोत्सव मनाउन लागेको छ। व्यावसायिक रूपमा सञ्चालनमा आएको यो बैंक १८औं वसन्त पार गरेर बिहीबार (पुस १८ गते) १९औं वर्षमा प्रवेश गर्दै छ।

बिज्ञापन

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । ग्लोबल बैंकले पूर्ण वाणिज्य बैंकिङ सेवा प्रदान गर्दछ। यसबीच २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको अहिले सबैभन्दा ठूलो बैंक बनेको हो। यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो। ग्लोबलले आईएमईलाई गाभिएर सफल भएको नेपाली बैंक तथा वित्तीय कम्पनीको उदाहरणका रूपमा हेर्ने गरिन्छ। बैंकले आकार मात्रै बढाएको छैन वित्तीय क्षेत्रमै फरक पहिचान स्थापित गर्न सफल भएको छ। स्थापनाको छोटो समयमै ठूलो फड्को मारेको यो बैंक अहिले उत्कृष्ट बैंककै पंक्तिमा देखिन्छ।

बिज्ञापन

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

अवार्ड र सम्मानहरु

बिज्ञापन

बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, सन् २०२२ मा इरोमनी अवार्ड, द वेस्ट बैंक इन् नेपाल २०२४, बेस्ट इम्प्लोयर, ग्लोबल फाइनान्स, बेस्ट बैंक अवार्ड २०२४ जस्ता प्रतिष्ठित अवार्डहरू पछि सम्मानित भएको छ। यस्तै राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रूपमा नेपाल सरकार, आन्तरिक राजस्व विभागले बैंकलाई सम्मानित गरेको छ।

 ५.५ प्रतिशत लाभांश वितरण

आर्थिक वर्ष २०८०/८१ समग्र बैंकिङ तथा वित्तीय क्षेत्रका लागि उत्साहप्रद रहन सकेन। पछिल्लो अवधिमा मुलुकको अर्थतन्त्रमा केही सुधारका संकेत देखिएता पनि आर्थिक गतिविधि र कर्जाको माग सोचे अनुरूप बढ्न नसकेकाले त्यसको असर प्रत्यक्ष रूपमा पर्नु स्वाभाविक हो।

बैंकका अनुसार विभिन्न व्यवसायमा परेको प्रतिकूल असरका कारण कर्जा असुलीमा केही शिथिलता आई कर्जा नोक्सानीबापतको रकमसमेत बढेको, सेयर प्रिमियम तथा मर्जर वा प्राप्तिमा सेयर आदान प्रदानको भिन्नता रकमलाई आयको रूपमा गणना गरी यसै अवधिमा एकैपटक ठूलो रकम करको रूपमा सरकारलाई बुझाउनु परेकोले वितरण योग्य मुनाफामा प्रत्यक्ष असर परी वार्षिक साधारणसभामा व्यक्त गरे अनुरूप अपेक्षाकृत प्रतिफल वितरण गर्न नसकेको हो। सोको बाबजुत पनि बैंकले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट सेयरधनीहरूलाई बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजारको ५.५ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड ७० लाख ८२ हजार रुपैयाँ बराबरको लाभांश बोनस सेयरको रूपमा वितरण  गरेको छ।

बैंकको वित्तीय अवस्था

बैंकको वार्षिक वित्तीय प्रतिवेदनअनुसार २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंकको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ। तर कर्जा प्रवाहमा उल्लेख्य वृद्धि गर्न नसकेको बैंकले स्विकारेको छ। यससँगै, आर्थिक वर्ष २०७८/०७९ सम्म हिताधिकारीलाई वितरित लाभांश रकमलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने सर्वोच्च अदालतले नै फैसला गरेको थियो।

यसकारण बैंकले सो अवधिमा पुँजीगत जगेडा रकम र सेयर प्रिमियमको रकम समेतमा एकमुष्ठ १ अर्ब ३२ करोड ३९ लाख ६१ हजार रुपैयाँ थप रकम करको रूपमा सरकारलाई बुझाउन परेकोले बैंकको जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको बताइएको छ।

सामाजिक उत्तरदायित्व
बैंकले सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत थुप्रै सहयोग गर्दै आएको छ। बैंकको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ४ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ। त्यसैगरी बैंकले आर्थिक वर्ष २०८०/०८१ मा शिक्षा, स्वास्थ्य, खेलकुद, महामारी नियन्त्रण, निःशुल्क स्वास्थ्य शिविर,वातावरण संरक्षणलगायतको शीर्षकहरूमा समेत कुल ७ करोड १९ लाख रुपैयाँको योगदान गरेको छ।

१८ दर्जन भावी कार्यक्रम

बैंकले केन्द्रीय स्तरमा सुरु गरेको क्रेडिट मोनिटरिङ युनिटलाई थप प्रभावकारी बनाउँदै लग्ने भएको छ। बैंकको व्यवसाय वृद्धि गर्ने र जोखिम व्यवस्थापनका साथै विगतमा झैं आगामी दिनमा सेयरधनीलाई उच्च प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति गराउन बैंक क्रियाशील रहने बताएको छ। आगामी दिनमा ग्राहकहरूलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, सेयरधनीहरूलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रणी बैंकको रूपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरू सञ्चालन गरिनेछ।

बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्द्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरू समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्‍याउने लक्ष्य लिएका छौं। भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिङले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुको साथै बैंकको मानव संसाधनको लागतसमेत घट्न जाने विश्वास रहेको छ।

चालु आवको प्रथम त्रैमासमा निक्षेप, कर्जामा वृद्धि

बैंकका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा निक्षेपमा २४ अर्ब ५१ करोडले वृद्धि भई ५ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ पुगेकोे छ। यस्तै, कर्जा लगानी २७ अर्ब ८६ करोडले बढेर कुल ४ खर्ब १८ अर्ब ६३ करोड रुपैयाँ पुगेकोे छ। प्रथम त्रैमाससम्ममा बैंकले १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको वित्तीय प्रतिवेदनमा उल्लेख छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा भने बढेर ४.६७ प्रतिशत पुगेको छ। यसैले अब बैंकले कर्जा असुलीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडि बढ्नु पर्ने महसुस गरेको छ।

 

 

 

 

 

 

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते