नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला १ हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला १ हजार ४०० सय रूपैयाँ बढेको हो।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेकाे छ। मंगलबार प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ।








