होमपेज > नेपाल प्रहरीद्धारा भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद

नेपाल प्रहरीद्धारा भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद

बिज्ञापन
बिज्ञापन

नेपाल प्रहरीले भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद भएको छ। गाँजासहित दुई जना पक्राउ पनि परेका छन्।

बिज्ञापन

मंगलबार राति करिब साढे १० बजे विराटनगर महानगरपालिका-१८ स्थित भट्टा चोकमा प्रहरीलाई छलेर भागेको को १ च ९५८२ नम्बरको स्कारपियोमा गाडीमा लोड गरिएको १५५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

बिज्ञापन

मोरङ प्रहरीका अनुसार भागेको स्कारपियो खोजी गर्ने क्रममा जहदा गाउँपालिका-१ को धुनी बस्तीमा फेला परेको थियो। सो स्थानबाट प्रहरीले स्कारपियो चालक धरान उपमहानगरपालिका-१२ का २४ वर्षीय राहुल विश्वकर्मा र गाडीमा सवार धनकुटाको शहीदभूमि गाउँपालिका-६ का १९ वर्षीय सुरज राईलाई पक्राउ गरेको हो।

‘उनीहरु भरिया जस्तो देखिन्छन्। धरानबाट उनीहरु गाँजा लिएर भारततर्फ जाँदै थिए,’ प्रहरी स्रोतले भन्यो, ‘पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ।’ मंगलबार राति करिब साढे १० बजे प्रहरीको चेकिङ छलेर भागेको गाडी खोज्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको टोली खटिएका थिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते