होमपेज > प्रेस काउन्सिल नेपालले थप २ सञ्चारमाध्यमलाई राख्यो कालोसूचीमा

प्रेस काउन्सिल नेपालले थप २ सञ्चारमाध्यमलाई राख्यो कालोसूचीमा

बिज्ञापन
बिज्ञापन

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ ।

बिज्ञापन

पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको भन्दै कालोसूचीमा राखि थप कारवाही गर्ने निर्णय काउन्सिलले गरेको हो । यसरी कालोसूचीमा थपिएको २ अनलाइन सञ्चारमाध्यममा दियोपोष्ट डट कम र हेर्दाहेर्दै डट कम रहेको काउन्सिसलले वेवसाइटमार्फत सार्वजनिक गरेको छ । दियोपोष्टले हुँदै नभएको विषय लेखि व्यक्तिको चरित्र हत्या गरेको, समाचारको नाममा धम्कीपूर्ण व्यवहार गरेको, बार्गेनिंग गरेको भन्दै काउन्सिलले विशेष अनुगमनमा राखेको थियो । उक्त अनलाइनविरुद्ध पछिल्ला ४ महिना यता ८ वटा लिखित उजुरी परेको र त्यसमाथि काउन्सिलले पटक पटक आचारसंहिता अनुकुल काम गर्न निर्देशन दिएको थियो ।

बिज्ञापन

त्यसलाई अटेर गरेपछि कालोसूचीमा राखेर थप कारवाही गर्ने निर्णय भएको थियो । त्यस्तै, कालोसूचीमा राखिएको हेर्दाहेर्दै डट कमले स्थानीय तहको चुनावको मौन अवधिका बेला भ्रमपूर्ण समाचारलाई ब्यानर बनाएको र हटाउनका लागि पटक पटक निर्देशन दिँदा पनि अटेर गरेको थियो । दशैं यता मात्र काउन्सिलले यी दुई सहित विभिन्न ९ सञ्चारमाध्यमलाई आचारसंहिता उल्लंघन भएकोे ठहर गर्दै कालोसूचीमा राखेको छ । आगामी दिनमा गल्ती नदोहोर्याउने, आचारसंहिताको पालना गर्ने भन्दै लिखित निवेदन परेपछि ती मध्ये एक सञ्चारमाध्यमको कारवाही फुकुवा समेत भएको काउन्सिल स्रोतले जानकारी दियो । आचारसंहिताको पूर्ण पालना गराई स्वस्थ, मर्यादित र विश्वसनीय पत्रकारिता विकास गर्न यसअघि सर्वोच्च अदालत, उच्च अदालतसहितबाट भएका फैसला, नजीरसमेतका आधारमा काउन्सिलले मापदण्ड र कार्यविधि बनाई काम गर्दै आएको छ ।

केही अनलाइन र युट्युव च्यानलले गरेका गलत काम र वेथिति रोक्न अभिमुखिकरण गराउने देखि आचारसंहिताको प्रावधान अनुसार कारवाही गर्न अदालतबाट आदेश जारी भएको थियो । सोही नजीरमा टेक्दै काउन्सिलले कार्यविधि बनाई पछिल्लो समय सक्रियता देखाइरहेको छ । प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमन समेत गरिरहेको छ । पत्रकारिताको मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना, अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न काउन्सिलले विज्ञप्तिमार्फत पटक पटक आग्रह गर्दै आएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते