होमपेज > जाडोयाममा बढ्यो कन्डमको खपत

जाडोयाममा बढ्यो कन्डमको खपत

बिज्ञापन
बिज्ञापन

जाडोयाममा कन्डमको खपत बढ्ने गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको आवधिमा नेपालमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम आयात भएको छ ।

बिज्ञापन

भन्सार विभागको तथ्याङ्क अनुसार सो वापत १० करोड ५४ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सो कन्डम आयात गरेर ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।गत आर्थिक वर्षभरमा ३ करोड ९२ लाख ३२ हजार ८५० वटा कन्डम आयात भएको थियो । सो कन्डम आयात गर्दा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ खर्च भएको थियो र सरकारले ५५ हजार राजस्व सङ्कलन गरेको थियो ।

बिज्ञापन

सो वर्षभरमध्ये मङ्सिर महिनामा मात्रै १ करोड ९४ लाख २ हजार ४७३ वटा कन्डम आयात गरिएको विभागको तथ्याङ्कमा छ । यो महिनासम्म १२ करोड ०२ लाख ८३ हजार रुपैयाँको कन्डम आयात भएको थियो । मङ्सिर महिना जाडोयाममा बढी कन्डम आयात भएको देखिन्छ ।अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३ करोड ६५ लाख ९९ हजार २९० वटा कन्डम आयात भएको छ । त्यसबापत २१ करोड २८ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । सरकारले यो वर्ष ७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

उक्त वर्ष मङ्सिरमा मात्रै १ करोड ८४ लाख ०७ हजार ३९० वटा कन्डम आयात भएको थियो । मङ्सिरमा कन्डम आयात गर्दा ९ करोड २८ लाख ५८ हजार रुपैयाँ खर्च भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते