माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले बैंककै संस्थापक शेयरधनीहरूको नाममा रहेको कुल ८१ लाख ३६ हजार ५२१ कित्ता शेयर बिक्रीमा राखेको हो ।
बिज्ञापन
यो शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने व्यवस्था गरिएको छ । जसअनुसार ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाएर माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ ।
बिज्ञापन
तोकिएको समयभित्र आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।








