होमपेज > लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच सम्झौता

लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच सम्झौता

बिज्ञापन
बिज्ञापन

लुम्बिनी विकास बैंक लिमिटेड, र लिजेण्ड प्रोपर्टिज प्रा.लि. बीच पुस ८ गते व्यवसायिक सम्झौता भएको बैंकका प्रमुख कार्यकारी अधिकृतनरेश सिंह बोहराले बताएका छन्। बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टिज प्रा.लि. का तर्फबाट उपाध्यक्ष पुर्ण बहादुर लिम्बुले उक्त सम्झौतमा हस्ताक्षर गरेका थिए।

बिज्ञापन

आगामी दिनमा एक अर्कालाई व्यवसायिक रुपमा सहकार्य गर्ने गरि सम्झौता गरिएको छ। उक्त सम्झौता अनुसार लिजेण्ड प्रोपर्टिज प्रा.लि.ले सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग स्वीकृति प्राप्त गरि विभिन्न ठाँउमा व्यवस्थित एवं योजनाबद्घ रुपमा विकास गर्ने। विक्रीका लागि राखिएका जग्गा तथा निर्माण गरिएका आवाशीय घरहरु खरिद गर्ने ग्राहकहरुलाई लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरु मार्फत सुलभ व्याजदर तथा सरल प्रकृया मार्फत आवाश कर्जा उपलब्ध गराउने भएको छ।

बिज्ञापन

लिजेण्ड प्रोपर्टिज प्रा.लि.ले हाल नेपालको काठमाडौं उपत्यका भित्र, भक्तपुरको पलासे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा गरि विभिन्न स्थानमा आफ्नो आयोजना विस्तार गरिरहेको छ। त्यसैगरि देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैंक हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते