होमपेज > नेको इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति

नेको इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति

बिज्ञापन
बिज्ञापन

नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ। बोर्डले पुस ९ गते कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

बिज्ञापन

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ। सोही पूँजीको आधारमा २५ प्रतिशतले हुन आउने ५० करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डले कम्पनीलाई अनुमति प्रदान गरेको हो। यो हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

बिज्ञापन

नेको इन्स्योरेन्सले उक्त हकप्रद शेयर निष्काशनका लागि २०८० साल चैत ६ गते आवेदन दिएको थियो। यस कम्पनीलाई नियामकको निर्देशन बमोजिम २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ। पूँजी बृद्धिकै लागि कम्पनीले हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यो हकप्रद शेयर निष्काशन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँभन्दा बढी कायम हुनेछ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो कम्पनी ७ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ। वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ १ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २७९ रुपैयाँ ८१ पैसा छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते