होमपेज > फिल्म निर्माता श्याम बेनेगलको निधन

फिल्म निर्माता श्याम बेनेगलको निधन

बिज्ञापन
बिज्ञापन

बलिउड फिल्म उद्योगका लोकप्रिय व्यक्तित्व, फिल्म निर्देशक, पटकथा लेखक एवम् निर्माता श्याम बेनेगलको निधन भएको छ।

बिज्ञापन

लामो समयदेखि मिर्गौला रोगबाट पीडित उनको ९० वर्षको उमेरमा मुम्बई सेन्ट्रलको वोकहार्ट अस्पतालमा सोमवार राति निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। दुई वर्षअघि दुबै मिर्गौला फेल भएको उनले डायलासिस गर्दै आएका थिए। उनले केवल १२ वर्षको उमेरमा फिल्मी करिअरको शुरुवात गरेका थिए। उनले आफ्ना पिता श्रीधर बेनेगलको क्यामेराबाट १२ वर्षको उमेरमा नै सर्ट फिल्म बनाएका थिए।

बिज्ञापन

फोटोग्राफीमा रुचि राख्ने उनले पहिला अर्थशास्त्र र पछि फोटोग्राफीको पढाइ गरेका थिए। उनको यही रुचिले उनलाई फिल्म क्षेत्रमा प्रवेश गराएको थियो। सन् १९७४ मा पहिलो फिल्म अंकुर निर्माण गरेका उनले जुबैदा, द मेकिङ अफ द महात्मा, नेताजी सुभाष चन्द्र बोस स् द फोरगटन हिरो, मण्डी, आरोहण, वेलकम टु सज्जनपुरजस्ता दर्जनौं फिल्महरू निर्देशन गरेका छन् भने सत्यजित रेमाथि डकुमेन्ट्री बनाउनुका साथै दूरदर्शनका लागि यात्रा, कथा सागर र भारत एक खोजजस्ता सिरियल पनि निर्देशन गरेका थिए।

आफ्नो करिअरमा उनले २४ फिल्म, ४५ वृत्तचित्र र १५ विज्ञापन फिल्म निर्माण गरेका छन्। मुजिबुर रहमानको जीवनमा आधारित फिल्म मुजिब–द मेकिङ अफ अ नेशन उनको अन्तिम फिल्म थियो। फिल्म जगतमा योगदानको लागि उनलाई सन् १९७६ मा पद्मश्री र सन् १९९१ मा पद्मभूषणद्वारा उनलाई सम्मानित गरिएको थियो भने सन् २००५ मा भारतीय सिनेमाको सर्वोच्च सम्मान दादासाहेब फाल्के अवार्ड पनि प्रदान गरिएको थियो।

बिज्ञापन

उनी भारतमा सबैभन्दा बढी राष्ट्रिय पुरस्कार हासिल गर्ने व्यक्ति हुन्। उनको नाममा ८ राष्ट्रिय फिल्म पुरस्कारको कीर्तिमान रहेको छ। बेनेगलले आफ्ना फिल्ममार्फत नसिरुद्दीन शाह, ओम पुरी, अमरीश पुरी, अनन्त नाग, सबाना आजमी, स्मिता पाटिल र छायांकनकर्ता गोविन्द निहलानीजस्ता हस्ती जन्माएका थिए।

बेनेगल २०७१ सालमा नेपालको अस्कर फिल्म कलेजका विद्यार्थीमाझ प्रस्तुत भएका थिए। त्यो समयमा उनले नेपाली फिल्मको कथावस्तु र अन्तर्राष्ट्रियकरणबारे चासो र चिन्ता व्यक्त गरेका थिए। उनको मंगलवार मुम्बइस्थित शिवाजी पार्क ईलेक्ट्रिक क्रिमेटोरियममा अन्तिम संस्कार गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते