त्रिभुवन विश्वविद्यालयले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन (फेवा संवाद २०२४) को आयोजना गरेको छ। चीनको सिचुआन विश्वविद्यालयसँगको सहकार्यमा पोखरामा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो। सम्मेलनको पहिलो दिन बिहीबार पूर्वराष्ट्रपति विद्यादेवी भट्टराईले उद्घाटन गरेकी छन्।
बिज्ञापन
आज सकिने सम्मेलनमा नेपालसहित चीन, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भुटान, मलेसिया, सिंगागुर र इन्डोनेसियाका विज्ञहरू सहभागिता रहेको छ। दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरूको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आबद्धतालाई अवसरको रूपमा प्रयोग गर्ने उद्देश्यले पहिलो पटक सम्मेलनको आयोजना गरिएको त्रिविका प्रवक्ता एमनसिंह बोहराले जानकारी दिए।
बिज्ञापन
सम्मेलनमा आर्थिक समृद्धि र दिगो विकासका साथै प्रविधि र विकासको साझेदारी र अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। उक्त सम्मेलनले विश्वका प्रभावशाली सहकार्य गरी मुलुकको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा राखिएको छ।
सम्मेलनको उद्घाटनमा शिक्षामन्त्री विद्या भट्टराई, त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, पूर्व मन्त्रीहरू कमल थापा, डाक्टर युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डाक्टर प्रकाशशरण महत लगायतको उपस्थिति रहेको थियो।
बिज्ञापन








