काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ ।
बिज्ञापन

बिज्ञापन
महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर महानगर दिवस मनाएको हो । दिवसको अवसरमा टुँडिखेलमा मौलिक खाना महोत्सवका साथै ‘एक वडा स् एक नमुना उद्यम’ कार्यक्रम अन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी समेत गरिएको छ ।

बिज्ञापन
यस्तै महानगरले आज दिउँसो ३ बजे टुँडिखेलमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि गर्दैछ । सांगीतिक कार्यक्रमका लागि चर्चित कलाकारलाई निम्तो गरिएको महानगरपालिकाले जनाएको छ । २०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौं महानगर घोषणा गरिएको थियो ।









