भारतीय राज्य तेलंगानाको श्रीशैलम लेफ्ट बैंक नहर (एसएलबीसी) सुरुङमा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा धेरै कामदार घाइते भएका छन्। सुरुङ भित्र आठ जना फसेको रिपोर्ट आएको छ।
बिज्ञापन
भारतीय सञ्चारमाध्यमका अनुसार नगरकुरनुल जिल्लाको अमराबाद मण्डलको डोमलपेन्टा गाउँनजिकै एसएलबीसी सुरुङको काम भइरहेको छ। यो ठाउँ श्रीशैलम परियोजनानजिकै छ। प्रारम्भिक रिपोर्टअनुसार सुरुङको काम भइरहेका बेला अचानक चुहावटका कारण सुरुङमा पानी पसेको थियो।
बिज्ञापन
प्रशासनले सुरुङमा आठ फसेको जनाएको छ। यीमध्ये दुई जना उत्तर प्रदेशका, चारजना झारखण्डका, एक जना जम्मु-कस्मिररका र एकजना पञ्जाबका छन्।








