होमपेज > भारतले बढायो नेपाल आयात हुने बिजुलीको मूल्य, अब कति तिर्नुपर्छ?

भारतले बढायो नेपाल आयात हुने बिजुलीको मूल्य, अब कति तिर्नुपर्छ?

बिज्ञापन
बिज्ञापन

भारतले नेपाल आयात हुने विद्युतको महसुल बढाइएको पाइएको छ ।नेपाल र भारतबीच पावर एक्सचेन्ज कमिटीको बैठकमा मुल्य बढाउने निर्णय भएको हो । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बैठकका लागि दिल्ली पुगेको थियो । उक्त बैठकमा मूल्य बढाउन भारतले गरेको प्रस्तावमा सहमति भएको पाइएको छ । बैठक फागुन २८ गते बसेको थियो ।

बिज्ञापन

नयाँ बढेको मूल्य अप्रिल १ देखि अर्थात चैत १९ गते सोमबारदेखि लागु हुनेछ । अहिले भारतबाट ३३ केभीबाट आयात हुने बिजुली ८.२८ भारु (१३.२४८ रुपैयाँ) प्रतियुनिट थियो । अब ८.६५ रुपैयाँ भारु १३.८४ रुपैयाँ प्रतियुनिट तिर्नुपर्ने छ । १३२ केभीबाट आयात हुने बिजुली ७.६४ रुपैयाँ भारु (१२.२२४ रुपैयाँ) प्रतियुनिट थियो । अब ७.९८ भारु अर्थात १२.७७ रुपैयाँ प्रतियुनिट तिर्नुपर्ने छ ।

बिज्ञापन

नेपालले भारतबाट ६०० मेगावाटसम्म विद्युत् आयात गरेर व्यवस्थापन गरिरहेको छ । केहि दिन पहिले मात्रै भारतबाट आयात हुने बिजुलीको इजाजत तीन महिनाका लागि नवीकरण भएको छ । प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेडबाट आयात गर्न अनुमति दिएको हो ।

नेपालले भारतबाट ५ वर्षका लागि विद्युत् आयात गर्ने सम्झौता गरेको छ । तर यो सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । सम्झौताको अवधि मार्च ३१ अर्थात चैत १८ गते आइतबार सकिन लागेको थियो ।भारतले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) आयातका लागि तीन महिनाको समय थपिदिएको हो । एक वर्षका लागि नवीकरण हुनुपर्ने सम्झौता तीन महिनाका लागि मात्रै सम्झौता नवीकरण गरेको छ ।

बिज्ञापन

दिउँसो मात्रै बिजुली आयात गर्न पाउने भएपछि आगामी सातादेखि पीक आवरमा कसरी व्यवस्थापन गर्ने भन्ने रणनीतिमा प्राधिकरणको सिंगो टोली लागेको छ । नेपालमा कुलेखानी (१०० मेगावाट) बाहेक जलाशययुक्त जलविद्युत् आयोजना छैन । ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित केहि अर्ध-जलाशय प्रकृतिका जलविद्युत् आयोजनाहरु रहेका छन् । ती आयोजनाहरु पीकमा मात्रै चल्छन् ।प्राधिकरणले दिनभरी बिजुली व्यवस्थापनका लागि भन्दै १००० मेगावाटको सोलारको आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुलाउन लागेको छ । यसले दिनभरीको लोड व्यवस्थापन हुने जलाशय र अर्ध जलाशय प्रकृतिका जलविद्युत् आयोजनाहरु पीकमा चलाउने योजना छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका छन् । जसको उत्पादन हिउँदमा ३० प्रतिशत खुम्चन्छ । जलवायु परिवर्तनका असरको कारण केहि जलविद्युत् आयोजनाको उत्पादन १० प्रतिशत खुम्चिएको छ ।

नेपालको जडित क्षमता ३००० मेगावाट पुगेको भएपनि १५०० मेगावाटको माग पूरा गर्न ६०० मेगावाटसम्म आयात भइरहेको छ । बर्खामा भने १००० मेगावाटभन्दा बढी बिजुली सरप्लस हुने अवस्था छ । भारतले नकिनेका कारण गएको वर्ष ५०० मेगावाट वर्खाको बिजुली खेर फ्याक्नु परेको थियो । आगामी बर्खामा भारतले नकिने १००० मेगावाट खेर जाने अवस्था छ ।

हिउँदमा आयात गर्नुपर्ने र वर्खामा भारतलाई बेच्नुपर्ने बाध्यात्मक अवस्था छ । यहि बाध्यतामा भारतले खेल्दै आएको छ । उसले हरेक पटक किन्दा र बेच्दा बार्गेनिङ गरेर आफू अनुकुलको निर्णय गर्न नेपाललाई बाध्य बनाउने गरेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते