नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको भाउ बढेको छ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको भाउ यसदिन प्रतितोला २१०० सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार १०० सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो।








