होमपेज > त्रिविका उपकुलपति बरालमाथि किन खनिए एमाले महासचिव?

त्रिविका उपकुलपति बरालमाथि किन खनिए एमाले महासचिव?

बिज्ञापन
बिज्ञापन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति (भीसी) केशरजंग बरालमाथि खनिएका छन्।

बिज्ञापन

माओवादी अध्यक्ष प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटलाई मेरिटोक्रेसीका आधारमा गरिएको भनेर खुबै प्रचार गरेपनि माओवादीले आफू निकट व्यक्तिलाई भीसी बनाउने गरी प्रकृया अघि बढाएको दाबी गरेका छन्। ‘सोही अनुसार माओवादी निकटका चित्रवहादुर बुढाथोकी र केशरजंग बराल एक र दुई नम्बरमा सिफारिस गरिए।

बिज्ञापन

योजना अनुरूप २ नम्बरमा रहेका बराल भीसी बनाइए’, महासचिव पोखरेलले फेसबुकमा भनेका छन्, ‘सोही समयमा पूर्वाञ्चल विश्वविद्यालयमा पनि भीसी बनाइयो। त्यहाँ पनि सोही अनुसारको प्रक्रियाबाट सत्ता निकट व्यक्ति भीसी चुनिए। अनि त्यस चयनलाई पनि भनियो मेरिटोक्रेसी।’

उनले यतिवेला पनि त्रिभुवन विश्वविद्यालयका भीसी बराल मेरिटोक्रेसीका नाममा सोही समयको तत्कालीन सत्ता गठबन्धनलाई नै प्रतिनिधित्व गर्नेगरी विश्वविद्यालयको प्राज्ञिक नेतृत्व चयन योजनामा तल्लीन रहेको र मेरिट्रोकेसीको जामा लगाई दिएको बताएका छन्।

बिज्ञापन

‘अनि त्यही नाटकलाई उनी निकटका माओवादी समर्थकहरू धुवाधार रूपमा पक्षपोषण र प्रशंसा गरिरहेका छन्’, महासचिव पोखरेलको दाबी छ। महासचिव पोखरेलले साँच्चै त्रिभुवन विश्वविद्यालयका भीसी बराल मेरिटोक्रेसीमा हिँड्न चाहेको भए छनौट कमिटीमा कुनै चासो वा हस्तक्षेप गर्नतिर लाग्न नहुने बताए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते