ललितपुरमा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमणका कारण दुई सय वटाभन्दा धेरै बङ्गुर मरेका छन्।
बिज्ञापन
खोरमा रहेका बङ्गुर मर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर को सङ्क्रमण देखिएको जिल्ला पशु सेवा कार्यलय ललितपुरले जनाएको छ। महानगरपालिका पशु सेवा विभागले बङ्गुर मर्न थालेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरेको पीसीआर परीक्षणको नतिजाअनुसार नख्खु करिडोर छेउछाउमा किसानले पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो।
बिज्ञापन
कात्तिकको अन्तिम हप्तादेखि बङ्गुर मर्ने क्रम शुरू भएकोमा अहिले दक्षिणकालीमा सङ्क्रमण बढी देखिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख प्रभात न्यौपानेले जानकारी दिनुभयो।








