चिनियाँ सरकारले अब कलेज र विश्वविद्यालयबाट ‘लभ एजुकेशन’ कार्यक्रम सुरु गर्ने सोच बनाएको छ।
बिज्ञापन
यसले विवाह, प्रेम र पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ। यो पहल चीनले लगातार दोस्रो वर्ष जनसङ्ख्यामा आएको गिरावटको सामना गरिरहेको बेला गरेको हो। जसका कारण सरकारी श्रोत र अर्थतन्त्रमा वृद्ध वृद्धाको प्रभावको चिन्ता बढ्दै गएको छ।
बिज्ञापन
करिब १ सय ४० करोड जनसंख्यासहित चीन विश्वको दोस्रो ठूलो जनघनत्व भएको देश हो। तर यहाँ ज्येष्ठ नागरिक धेरै छन्। यस्तो अवस्थामा कलेजका विद्यार्थीले भविष्यमा देशको जनसङ्ख्या विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ।








