होमपेज > समीक्षा र श्रीरामको स्वरमा ‘ठेकी मदानी’ गीत सार्वजनिक (भिडियो)

समीक्षा र श्रीरामको स्वरमा ‘ठेकी मदानी’ गीत सार्वजनिक (भिडियो)

बिज्ञापन
बिज्ञापन

चर्चित गायिका समीक्षा अधिकारी र श्रीराम पौडेलको स्वरमा रहेको गीत ‘ठेकी मदानी’ सार्वजनिक भएको छ।

बिज्ञापन

शुक्रबार बेलुका ‘ठेकी मदानी’ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियोमा गायक पौडेल र मोडल आयुष्मा कार्की प्रमुख भूमिका छन्। दीपक संगम बिसीको संगीत संयोजनमा रेकर्ड भएको गीतको शब्द तथा संगीत सुमन शर्मा मनगैंयाको हो। ठेकी मदानी’ को भिडिओ निर्देशन देवेन्द्र कुँवरले गरेका हुन्। अजय रेग्मीको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

बिज्ञापन

गीत सार्वजनिक गर्दै गायक तथा मोडल पौडेलले आजको गतिशीलताले भोलिको भविष्य निर्माण गर्ने बताएका छन्। अर्को फरक क्षेत्रमा काम गरिरहँदा सांगीतिक क्षेत्रमा पनि केही गरौँ भन्ने सोचले नै गीत ल्याए पौडेलले बताएका छन्। पौडेल लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका व्यक्ति हुन्।

गायनका हिसाबले श्रीरामको यो पहिलो गीत हो। उनले यसअघि केही म्युजिक भिडियोमा अभिनय भने गरेका थिए । पौडेलले पञ्चेबाजा र कौरा गीत रेकर्ड भइसकेको र छिट्टै सार्वजनिक हुने बताएका छन्।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते