गर्मीको समयमा अनेक स्वास्थ्य समस्याहरू देखिन्छन् । ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने जस्ता समस्या त सामान्य नै हुन् । कसै कसैलाई भने आँखा रातो हुने समस्याले सताउँछ
बिज्ञापन
गर्मीमा आँखा यसरी रातो किन हुन्छ? चर्को घाम, घुलो माटोलगायत अन्य कयौँ कारणले गर्दा गर्मीको मौसममा आँखा रातो हुने गरेको विज्ञहरू बताउँछन् । कतिपय अवस्थामा आँखा बिझाउने वा पोल्ने समस्या पनि आउँछ । आँखाको रातोपन र पोल्ने समस्या कम गर्न आइस प्याकले आँखा सेक्न सकिन्छ । यसका लागि हलुकासँग आइस प्याकलाई आँखामाथि केही मिनेटसम्म राख्नु पर्छ । यस्तो गर्दा आँखालाई शीतल हुन्छ । आँखामा आइस प्याक लगाउनु अघि हात राम्ररी सफा गर्न भने नभुल्नुहोला ।
बिज्ञापन
शरीरमा पानीको कमीका कारण पनि गर्मीमा आँखा सुख्खा भएर रातो हुने पोल्ने समस्या देखिन सक्छ । शरीरलाई सुख्खा हुन नदिन दिनभरि पर्याप्त मात्रामा पानी पिउनुहोस् । पानीले शरीरमा भएको सङ्क्रमणहरूलाई पनि बाहिर निकाल्ने विज्ञहरू बताउँछन् । गर्मीको मौसममा आँखाको सङ्क्रमणबाट बच्नका लागि घर बाहिर जाने बेलामा यूभी प्रोटेक्शन भएको चस्मा लगाउनुहोस् । यसले गर्मी र धुलो दुबैबाट आँखालाई जोगाउँछ ।
गर्मीमा शरीरमा खुबै पसिना आउँछ । कहिलेकाहीँ पसिना बगेर आँखामा पस्दा पनि पोल्ने र इन्फेक्सन हुने जस्ता समस्या देखिन सक्छ । त्यसैले बाहिरबाट घर छिर्ने बित्तिकै वा दिनभरमा ३र४ पटक आँखालाई सफा अनि चिसो पानीले धुनुहोस् ।








