होमपेज > सुनचाँदीका गहनासहित दुई जना पक्राउ

सुनचाँदीका गहनासहित दुई जना पक्राउ

बिज्ञापन
बिज्ञापन

कैलालीमा सुनचाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् । बाजुरा बुढीगंगा नगरपालिका १० बस्ने २५ वर्षीय सुजन शाही र कैलालीको लम्कीचुहा नगरपालिका ४ बस्ने ३४ वर्षीय रम्भा जैशीलाई कैलालीको टीकापुर नगरपालिका १ गणेशपुरबाट पक्राउ गरिएको हो ।

बिज्ञापन

सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार उनीहरुको साथबाट ५० ग्रामको चादीको एक सिक्का, पत्थरसहितको हिरा जस्तो देखिने दुई औंठी, सुनको एक थान बेरुवा औंठी, सुनको अर्को एउटा औंठी र सुनको दुई थान सिक्री बरामद गरिएको छ ।

बिज्ञापन

यस्तै हिरासहितको सुन जस्तो देखिने एक जोर झुम्का, खुट्टाको औलामा लगाउने दुई थान बिछिया, कालो पोते भएको सुनको नागिनी माला, चारकुने सुनको एक जोर टप र सुनको स्टार भएको एक झुम्का पनि बरामद गरिएको छ । यस्तै घटनास्थलबाट लुप्र ०१००३ प २२९९ नम्बरको यामाहा मोटरसाइकलसमेत बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय टिकापुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते