होमपेज > ललितपुर महानगरपालिकालाई १ लाख रुपियाँ जरिवाना

ललितपुर महानगरपालिकालाई १ लाख रुपियाँ जरिवाना

बिज्ञापन
बिज्ञापन

काठमाडौँ महानगरपालिकाले ललितपुर महानगरपालिकालाई १ लाख रुपियाँ जरिवाना तिराएको छ । फोहर विसर्जनको लागि प्रयोग गरेको बा १ ग ३०२१ नम्बरको फोहरमैला बोक्ने ट्रिपरले यही मङ्सिर ६ गते बन्चरेडाडामा फोहरमैला विसर्जन गर्ने क्रममा फोहरमैला व्यवस्थापन ऐन २०६८ फोहरमैला व्यवस्थापन नियमावली २०७० एवं काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ ले निषेध गरेको स्वास्थ्यसंस्थाजन्य हानिकारक फोहरमैला विसर्जन गरेको पाइएपछि ललितपुर महानगरपालिकालाई कारबाही स्वरूप १ लाख रुपियाँ जरिवाना गरेको हो।

बिज्ञापन

काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (ट) अनुसारको कसुरको आधारमा सोहि ऐनको दफा ५२ (ज) ले तोकेको रु. एक लाख जरिवाना तहाँ कार्यालयले यस काठमाडौं महानगरपालिकाको तपशिलमा उल्लेखित खातामा पत्राचार मितिले तिन दिन भित्र जम्मा गरी लिखित जानकारी पठाउनु हुन अनुरोध छ ।’ कामपा वातावरण व्वस्थापन विभागका निमित्त प्रमुख सरिता राईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। साथै आउँदा दिनमा यस किसिमका कसुर नगर्न नगराउनु पनि महानगरले अनुरोध गरेको छ।

बिज्ञापन

ललितपुर महानगरपालिकाले पत्र बुझेपछि फोहोरमैला व्यवस्थापन गर्ने आधिकारिक निकायका बारेमा प्रश्न गरेको थियो । सो विषयमा ललितपुर महानगरपालिकाले शहरी विकास मन्त्रालयसंग समेत फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौँ महानगरपालिका हो कि रु शहरी विकास मन्त्रालय भन्दै प्रश्न उठाएको थियो । तर शहरी विकास मन्त्रालयले ल्याण्डफिल साइट सञ्चालन र व्यवस्थापन गर्ने अधिकार कामपालाई दिएको थियो । सोही अनुसार विभागले कारबाही गरेको विभागको भनाई छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरले कामपाले अस्पपतालजन्य फोहोर ल्याण्डफिल साईटमा बिसर्जन गरेपछि कारबाही गरेको जानकारी दिए । विभागले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ को कसुर देखिएपछि सोही ऐनको दफा ५२ अनुसार कारबाही गरेको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते