कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाइएको छ। नेपाल राष्ट्र बैंकले वित्तीय अवस्था ज्यादै नाजुक अवस्थामा पुगेको भन्दै आजदेखि लागु हुनेगरी उक्त बैंकको कारोबार रोक लगाउने निर्णय गरेको हो।
बिज्ञापन
बैंकले गत साउनमा गरेको सुपरिवेक्षणका क्रममा बैंकले तोकेएबमोजिमको पुँजीकोष अनुपात कायम नगरेको तथा निष्क्रिय कर्जा करिब ४१ प्रतिशत पुगेको पाइएको र यसले बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएकोले कर्जा दिने र ऋण लिने कार्यमा रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ।
बिज्ञापन
यो अवस्थामा राष्ट्र बैंक ऐनले तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली अनुसार ६ महिनाभित्र सुधार गर्नेगरी शीघ्र सुधारात्मक कारबाही गरेको जनाएको हो। उक्त बैंकले असार मसान्तको वित्तीय विवरणमा निष्क्रिय कर्जा ७ प्रतिशत मात्रै रहेको देखाएको थियो । लगत्तै स्थलगत अनुगमन गर्दा निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पाइएको राष्ट्र बैंकले जनाएको छ।
यसअघि कर्णाली डेभलपमेन्ट बैंक पटक पटक विवादमा पर्दै आएको थियो। कर्मचारीहरूको सेटिङमा बिनाधितो र अनधिकृत धितो राखेर बैंकले ऋण दिएको विषयमा बैंक पटक पटक विवादमा पर्दै आएको थियो।








