होमपेज > रास्वपाले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ।

बिज्ञापन

मंगलबार अपराह्न ५:३० बजे केन्द्रीय कार्यालय चस्मतिमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिए। उनकाअनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपनिर्वाचन तयारीलगायत विषयमा छलफल हुनेछ। रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते पार्टी कार्यालय चस्मतिबाट प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो।

बिज्ञापन

लामिछानेमाथि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। लामिछानेले पार्टीमा कार्यवाहक सभापति कसैलाई पनि तोकेका छैनन्। तथापि उपसभापति अर्यालले नै बैठकको अध्यक्षता गर्दै आएका छन्। सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर हिरासतको बसाइ लम्ब्याएको भन्दै रास्वपाले सडक आन्दोलन गरिरहेको छ।

आइतबार मात्रै रास्वपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते