होमपेज > शिखर इन्स्योरेन्सको २० औँं वार्षिक उत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न

शिखर इन्स्योरेन्सको २० औँं वार्षिक उत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न

बिज्ञापन
बिज्ञापन

शिखर इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक उत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।

बिज्ञापन

कम्पनीले वार्षिकोत्सवको अवसरमा २० वर्षभन्दा बढी समयदेखि कार्यरत ११ जना कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्षभन्दा बढी समयदेखि कार्यरत ३४ जना कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्कासहित सम्मान गरेको छ। कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरुलाई चाँदीको सिक्का सहित सम्मान प्रदान गर्दै आइरहेको छ।

बिज्ञापन

कम्पनीले आफ्नो २० वर्षको समयमा विभिन्न ऐतिहासिक सफलता हासिल गरेको छ। जसमध्ये नेपाली निर्जीवन बीमा क्षेत्रमा १०० करोडदेखि ५०० करोडभन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी बन्न सफल भएको रहेको छ। बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा शिखर इन्स्योरेन्सले ओगटेको छ। यस अवधिमा कम्पनीले २० अर्ब रुपैयाँभन्दा बढीको दावी भुक्तानी गरेको छ। कम्पनीले विभिन्न विपद् आएको समयमा पनि दावी भुक्तानीमा अग्रसर रहँदै आएको छ। साथै २० वर्षको अवधिमा एक लाख भन्दा बढी दावी भुक्तानी दिएको इन्स्योरेन्सले जनाएको छ।

साथै, कम्पनीले २० वर्षको समयमा आफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांस प्रदान गरेको बताएको छ। मर्जरविना २ अर्ब ५० करोडको चुक्ता पुँजी पुर्‍याउने पहिलो बीमा कम्पनी पनि शिखर इन्स्योरेन्स बनेको छ। बीमा क्षेत्रमा १ सयभन्दा बढी शाखा सञ्जाल विस्तर गर्ने र ६०० भन्दा अधिका मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी समेत बनेको इन्स्योरेन्सले जनाएको छ।

बिज्ञापन

शिखर इन्स्योरेन्स २० वर्षको समयमा ६ पटकसम्म नेपालको बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी तथा बेष्ट इन्स्योरेन्स कम्पनीका रुपमा सम्मानित भएको छ। त्यस्तै, मानव संसाधनको विकासका लागि कर्पोरेट एक्सेलेन्स अवार्ड बाट सम्मानित, बीमा क्षेत्रमा सबैभन्दा बढी कर भुक्तानी गरेकोले आन्तरीक राजश्व विभागबाट सम्मानित, कृषि तथा बाली बीमाको बीमा दाबी भुक्तानीका लागि नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीका रुपमा सम्मानित र नेपाल पुनर्बीमा कम्पनीबाट सबै भन्दा बढी नाफामुलक पुनर्बीमा गरेकोमा सम्मानित भएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते