होमपेज > सञ्चालनमा आएको दुई महिनामै धरहराको टुप्पो पुर्‍याउने लिफ्ट बिग्रियो

सञ्चालनमा आएको दुई महिनामै धरहराको टुप्पो पुर्‍याउने लिफ्ट बिग्रियो

बिज्ञापन
बिज्ञापन

संविधान दिवसका अवसरमा सर्वसाधारणका लागि खोलिएको धरहरा सञ्चालनमा आएको दुई महिना पुग्यो । तर, दुई महिनामै धरहराको टुप्पो पुर्‍याउने लिफ्ट बिग्रिन थालेको छ ।

बिज्ञापन

बिज्ञापन

विनातयारी सरकारको १ सय दिनको काम देखाउने हतारोमा चलाइएको धरहरा लिफ्ट बिग्रेर पछिल्लो दुई दिन बन्द भएको थियो । सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा निर्माण विभागका एक अधिकारीका अुनसार धरहरा सञ्चालनकै केही समयमा अनियन्त्रित भीड जाँदा लिफ्टले धान्न नसकेपछि अड्किने गरेको थियो ।

बिज्ञापन

‘धरहरा खुलेपछि ह्वात्तै मान्छे चढ्न थाले, अनियन्त्रित मान्छे चढ्न थालेपछि केही सयम बीच–बीचमा अड्किन थालेको थियो । पछिल्लो दुई दिनदेखि त बन्द नै भयो,’ ती अधिकारीले भने । विभाग प्रमुख मचाकाजी महर्जनले धरहरामा प्राविधिक समस्या आएर एक–दुई दिन बन्द भए पनि आइतबार साँझबाट धरहराको समस्या समाधान भइसकेको बताए ।

‘हिजै लिफ्टको समस्या समाधान भइसकेको छ, आज सार्वजनिक बिदा भयो, भोलिबाट सञ्चालनमा आउँछ होला,’ महर्जनले भने । सहरी विकास मन्त्रालयका प्रवक्ता विनु बज्राचार्य कुँवरले धरहरा प्राविधिक कारण बन्द भए पनि सञ्चालन सुरु भइसकेको बताइन् । ‘बन्द भएको सूचना चाहिँ पाएका छौं तर ठूलो समस्या होइन रहेछ,’ कुँवरले भनिन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते