भारतको मध्य प्रदेशस्थित जबलपुर जिल्लामा रहेको एउटा बारुद कारखानामा विस्फोट भएको हो।
बिज्ञापन
आज बिहान भएको विस्फोटमा परी एक दर्जनभन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। प्रारम्भिक जानकारी अनुसार मंगलबार बिहान १० बजेर ४५ मिनेटमा विष्फोट भएको हो। घटनास्थलमा एक दर्जनभन्दा बढी कर्मचारी गम्भीर घाइते भएका छन्, जसमध्ये दुईको अवस्था चिन्ताजनक छ।
बिज्ञापन
सेनाका लागि बनाइएका बममा बारूद भर्ने क्रममा विष्फोट भएको हुनसक्ने आशंका गरिएको छ। जबलपुरको ओर्डनेन्स फ्याक्ट्री खमरिया रक्षा मन्त्रालयको ठूलो गोलाबारूद उत्पादन गर्ने कारखाना हो। यहाँ सेनाका लागि लडाकु विमान र युद्ध ट्याङ्कका लागि बम पनि बनाइन्छ। घाइते सबैलाई उपचारका लागि निजी अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ। जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ।








