होमपेज > ४२ लाख रुपैयाँको लागुऔषधसहित नेपाली युवक पक्राउ

४२ लाख रुपैयाँको लागुऔषधसहित नेपाली युवक पक्राउ

बिज्ञापन
बिज्ञापन

नेपालको प्रमुख द्वार तथा आर्थिक नगरी वीरगञ्जसँग सिमाना जोडिएको भारतीय सहर रक्सौलमा एकजना नेपाली युवक ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ परेका छन्।

बिज्ञापन

गोप्य सूचनाको आधारमा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित बिरगंजका युवा राजा हुसैन लाई पक्राउ गरेको हो। मोतिहारी जिल्लाका एसपी स्वर्ण प्रभातले रक्सौल प्रहरी चौकी र एन्टी लिकर टास्क फोर्सको संयुक्त टोलीले ४२ लाख रुपैयाँ बराबरको लागुऔषध सहित राजा हुसैन लाई सनिवार पक्राउ गरेको बताएका छन्।

बिज्ञापन

हुसैनको साथबाट ठूलो परिमाणको चरेस,ब्राउन सुगर,कोरेक्स सिरप, खाली कोरेक्सका डब्बा, नेपाली नम्बरको स्कुटर र मोटरसाइकल बरामद गरिएको एसपी प्रभातले जानकारी दिएका छन्। पक्राउ परेका राजा हुसैन वीरगञ्ज मुर्ली टोलका बासिन्दा हुन्।

एसपी स्वर्ण प्रभातका अनुसार बरामद लागुऔषधको बजार मूल्य ४२ लाख रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ। पक्राउ परेका हुसैन प्रहरी नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान पश्चात कारबाहीका प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते