सुनको मूल्य आज २२०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ। बुधबार यो १ लाख ६२ हजार २०० रुपैयाँ थियो।
बिज्ञापन
चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बिहीबार १ हजार ९०५ रुपैयाँ कायम भएको हो। मङ्सिर नजिकिएसँगै बजारमा सुनचाँदीको सिजन सुरु भएको छ।
बिज्ञापन
अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बनारमा सुन सस्तो बन्दै जाँदा सर्वसाधारणले राहतको महसुस गरेका छन् ।








