नेपाल लाइफ इन्स्योरेन्सले इटहरीमा झन्डै १७ करोडको जग्गा किनेको छ।
बिज्ञापन
इन्स्योरेन्सको प्रादेशिक कार्यालयको व्यवसायिक भवन तथा कार्यालय प्रयोजनका लागि इटहरी उपमहानगरपालिका–६ मा रहेको ९१.५० धुर जग्गा खरिद गरेको हो। नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर बुधबार उक्त जग्गा आफ्नो नाममा नामसारी गरिएको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उल्लेख गरेका छन् ।
बिज्ञापन
केही दिनअघि मात्रै नेपाल लाइफले हेटौँडामा १७ करोड ८९ लाख रुपैयाँमा ६० धुर जग्गा किनेको थियो।







