पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो दिनको बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइको छ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालयबाट बयानका लागि वकिलको कार्यालयमा ल्याएको हो। बुटवलस्थित सुपिम सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछानेलाई कास्कीबाट रुपन्देही ल्याएको हो। आज बयान सक्ने योजना रहेको प्रहरीले जनाएको छ।
बिज्ञापन
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। सोही आधारमा अनुसन्धान अघि बढेको हो।








