नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बिज्ञापन
सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा ३० प्रतिशत बढेको छ। चालु आवको पहिलो तीन महिनामा खुद नाफा २० करोड ५४ लाख रुपैयाँ छ। गत आवको यसै अवधिमा नाफा १५ करोड ७९ लाख रुपैयाँ थियो। कम्पनीको खुद प्रिमियम आम्दानी बढेको छ। यस्तो आम्दानी पहिले १० अर्ब ८२ करोड रुपैयाँ रहेकोमा अहिले ११ अर्ब ९६ करोड रुपैयाँ छ। ब्याज आम्दानी, लगानीवापत आम्दानी लगायत बढ्दा नाफा बढेको छ।
बिज्ञापन
कुल आम्दानी पहिले १५ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा अहिले १७ अर्ब ९७ करोड रुपैयाँ छ। विपत्ति कोष १ अर्ब ११ करोड रुपैयाँ बराबरको छ। सञ्चित आम्दानी ७१ करोड १९ लाख रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १ पैसा छ। प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा छ। बुधबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८६५ रुपैयाँ छ।







