होमपेज > बयानका लागि रवि लामिछानेलाई भैरहवा लगिँदै

बयानका लागि रवि लामिछानेलाई भैरहवा लगिँदै

बिज्ञापन
बिज्ञापन

सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराबाट अनुसन्धानका लागि भैरहवा लगिँदै छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न उनलाई बिहानै बुटवल लान लागिएको हो। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले कडा सुरक्षाकाबीच अहिले पोखरा विमानस्थल पुर्‍याएको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धमा पनि अनुसन्धान गर्न त्यसतर्फ लगिएको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बयानलगायत अनुसन्धानका लागि बुटवल पठाइदिन पत्राचार गरेपछि कास्की प्रहरीले सूर्यदर्शनबारेको बयान सकेर उनलाई आज भैरहवा लगेको हो। रुपन्देहीबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। यसअघि छविलाल जोशीलाई बुटवल लगी बयान सकेर पोखरा नै फिर्ता पठाइएको थियो। जोशी असोज ६ गते र लामिछाने कात्तिक २ गते पक्राउ परेका हुन्। उनीहरूलाई अझै १३ दिन हिरासतमा राख्न कास्की अदालतले जिल्ला प्रहरीलाई अनुमति दिएको छ।

रास्वपाले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको आरोप लगाउँदै आन्दोलन गर्दैै आएको छ । कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट चार पटक म्याद थपिसकेको छ। लामिछानेलाई रुपन्देही पठाइदिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्की प्रहरीलाई गत साता नै पत्राचार गरेकाले मंगलबार भैरहवा लैजान लागिएको प्रहरीले बताएको छ । लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान जारी राखेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते