मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ।
बिज्ञापन
बैंकले संस्थापक शेयरधनीको नाममा रहेको कुल ४४ हजार ८४१ कित्ता शेयर बिक्रीमा राखेको हो। हाललाई सो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन्। इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ।
बिज्ञापन
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।








