होमपेज > अन्तर्राष्ट्रिय हवाई भाडा दोब्बरले बढाएको भन्दै म्यानपावर व्यवसायीहरूको आपत्ति

अन्तर्राष्ट्रिय हवाई भाडा दोब्बरले बढाएको भन्दै म्यानपावर व्यवसायीहरूको आपत्ति

बिज्ञापन
बिज्ञापन

अन्तर्राष्ट्रिय हवाई भाडा दोब्बरले बढाएको भन्दै म्यानपावर व्यवसायीहरूले आपत्ति जनाएका छन्।

बिज्ञापन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई भाडा अत्यन्तै महँगो बनाइएको भन्दै आपत्ति जनाएको हो। संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ। जसमा उनीहरूले हवाई भाडामा कालोबजारी रोक्न माग गरेका छन्।

बिज्ञापन

वैदेशिक रोजगारमा जाने श्रमिकहरूले अत्यन्त महँगो दरमा विदेश जाने हवाई टिकट खरिद गर्नु परेको र हवाई कम्पनीहरूले दिनदिनै भाडा वृद्धिगरी रहेको उनीहरूको गुनासो छ। मलेसिया तथा अन्य गन्तव्य मुलुकमा दैनिक १५०० कामदार वैदेशिक रोजगारीका लागि जाने गरेका छन्। तर केही सीमित एयरलाइन्सहरूको मिलेमतोमा कृत्रिम अभाव खडा गरी कालोबजारी गरेको सङ्घको ठहर छ।

अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नतिको नाममा दैनिक १० घण्टा बन्द गरिएको कारण देखाउँदै हवाई कम्पनीहरूले सामान्यतया ३० देखि ३५ हजार रुपैयाँमा नियमित पाउने टिकटलाई अहिले ७० देखि ८० हजार रुपैयाँ तिर्नुपर्ने सङ्घको भनाइ छ।

बिज्ञापन

दोब्बर मूल्यको टिकटमा कामदार जान बाध्य भएकोले उक्त कालो बजारीलाई रोकेर सस्तो र सुलभ एवम् नियमित टिकटको मूल्यमा कामदार जान पाउने व्यवस्था गर्न समेत संघले माग गरेको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते