होमपेज > काठमाडौं र ललिपुरका विभिन्न स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौं र ललिपुरका विभिन्न स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

बिज्ञापन
बिज्ञापन

काठमाडौं र ललिपुरका विभिन्न स्थानमा शनिबार एकदेखि पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ।

बिज्ञापन

नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर काठमाडौं र ललितपुरका विभिन्न वितरण केन्द्रका विभिन्न फिडरअन्तर्गका स्थानहरूमा शनिबार विद्युत अवरूद्ध हुने जनाएको छ। काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको थानकोट फिडर अन्तर्गत पर्ने नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङ क्षेत्रमा विद्यत पोल स्थानान्तरण कन्डक्टर स्तरोन्नति गर्नका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ।

बिज्ञापन

काठमाडौंकै रत्नपार्क वितरण केन्द्रको दरबारमार्ग फिडरअन्तर्गत जमलपुल अगाडी, विश्वज्योति हल एरिया, यलो पगोडा, अन्नपुर्ण होटेल भित्र सम्म, निर्वाचन आयोग अगाडिसम्म बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। ती क्षेत्रमा भूमिगत तार बिच्छ्याउनका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै ललितपुरको लगनखेल वितरण केन्द्रको इमाडोल २ फिडर अन्तर्गत पर्न ग्वार्को, इमाडोल, कृष्णमन्दिर, ढुंगेसागुँ, बोजेपोखरी, टिकाथली, नर्कटे, लुभ, चाँगाथली क्षेत्रमा दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

बिज्ञापन

लगनखेल वितरण केन्द्रकै जावलाखेल फिडर अन्तर्गत जावलाखेल, कुमारिपाटि, नटोल क्षेत्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। त्यस्तै लगनखेल वितरण केन्द्रकै रिङरोड फिडर अन्तर्गत जिल्ला प्रशासन कार्यालय ललितपुर,एभिएम चोक, कुसुन्ति, कान्तिपुर कोलोनि, नखिपोट, शिवचोक, चुम्लुङ्ग भवन लगायतका क्षेत्रमा ११ बजेदेखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ।

तोकिएको काम निर्धारित समयअगावै सम्पन्न भए तोकिएको समयभन्दा अगाडि विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते