होमपेज > तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीयद्धारा २० लाख सहयोग

तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीयद्धारा २० लाख सहयोग

बिज्ञापन
बिज्ञापन

सङ्खुवासभाको एक आँखा उपचार केन्द्रलाई स्थानीयले २० लाख सहयोग गरेका छन्।

बिज्ञापन

सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले २० लाख प्रदान गरेका हुन्। बुधबार एक कार्यक्रमकाबीच श्रेष्ठले आँखा उपचार केन्द्रलाई २० लाखको चेक हस्तान्तरण गरे। उनीहरूले उक्त रकम गरीब, असहाय, दलित र विपन्नको उपचारमा खर्च गर्ने गरी प्रदान गरेका हुन्।

बिज्ञापन

नेपाल नेत्र ज्योति सङ्घ सङ्खुवासभाका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकम अक्षयकोषका रुपमा राखिने र त्यहाँबाट प्राप्त ब्याजले उपचार गर्न नसक्ने आँखा रोगीहरूको उपचार गरिने बताए। यसअघि श्रेष्ठका पाँच दाजुभाइले दिवङ्गत बुबाआमा तेजबहादुर र रत्नकुमारी श्रेष्ठका नाममा तेजरत्न आँखा अस्पताल निर्माण गर्न ५० लाख नगद र छ रोपनी जग्गा नि:शुल्क दान गरेका थिए।

तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक चार हजार आँखाका रोगी उपचारका लागि आउने गर्छन्। वार्षिक छ सय बढीको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गर्ने गरेको आँखा उपचार केन्द्रले जनाएको छ। केन्द्रले कानको समेत उपचार सेवा दिँदै आएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते