अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकन सामानमाथि लगाएको ट्यारिफ, अप्रिल २ सम्मका लागि स्थगित गरेका छन्।
बिज्ञापन
उनले एक महिना छुट दिएको र आगामी महिना युएसएमसीए व्यापार सम्झौता अनुसार काम हुने जानकारी दिएका छन्। अमेरिकाले यो हप्ताको सुरुवातमा आफ्नो उत्तरी छिमेकीमाथि २५ प्रतिशत आयातकर लगाष्गू गरेको थियो। जुन अब एक महिनाका लागि टरेको छ। एक सरकारी सुत्रको हवाला दिँदै बीबीसीले क्यानाडाले समेत मेक्सिकोलाई दिएको छुट पाउने आशा राखिरहेको छ।
बिज्ञापन
क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रूडोले ट्रम्पसँग हालै भएको वार्ता रोमान्चक रहेपनि भविष्यमा व्यापार युद्ध जारी रहने बताएका थिए। त्यसपछि अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले ट्रुडोलाई ‘मूर्ख’ भनेका थिए भने ट्यारिफ थप बढाउने चेतावनीसमेत दिए।








