होमपेज > ६ जिल्ला डेंगुको उच्च जोखिममा, सावधानी अपनाउन आग्रह

६ जिल्ला डेंगुको उच्च जोखिममा, सावधानी अपनाउन आग्रह

बिज्ञापन
बिज्ञापन

नेपालमा डेंगु संक्रमणको प्रकोप बढ्दै जाँदा ६ जिल्ला उच्च जोखिममा परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसवर्ष गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ।

बिज्ञापन

पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा मात्र यस वर्ष १३ हजार ८९८ जना संक्रमित भेटिएका छन्, जुन देशभरका कूल संक्रमितको झण्डै ५० प्रतिशत हो। गण्डकी प्रदेशमा डेंगुका कारण ८ जनाले ज्यान गुमाइसकेका छन्। देशभर भने डेंगुबाट १२ जनाको मृत्यु भएको छ। प्रदेशभित्र सबैभन्दा धेरै प्रभावित जिल्ला कास्की छ। जहाँ ७ हजार १६१ संक्रमित फेला परेका छन्। त्यसैगरी तनहुँमा २ हजार २२६ जना संक्रमित भेटिएका छन्।

बिज्ञापन

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार यसवर्ष २८ हजार २१२ संक्रमित भएका भएका छन्। काठमाडौँ उपत्यकामा पनि संक्रमणको दर उच्च रहेको छ। काठमाडौंमा ४ हजार ३१३ र ललितपुरमा १ हजार १११ संक्रमित भेटिएका छन्। त्यसैगरी पर्वतमा १ हजार ६७७ र चितवनमा १ हजार ९९ संक्रमित पुष्टि भएका छन्। टेकु अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार केही बिरामीहरूमा दोहोरो संक्रमण देखिएको छ। यस्ता बिरामीहरूलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको छ।

इडीसीडीका अधिकारीहरूका अनुसार मृत्यु हुने अधिकांश व्यक्तिहरू दीर्घरोगी रहेका छन्। उच्च रक्तचाप, मधुमेह, मुटुरोग र कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्तिहरू बढी जोखिममा रहेको डा. चालिसले बताए। इडिसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार यो वर्ष गण्डकी प्रदेशका तीन जिल्ला ‘हटस्पट’ बनेका छन्।

बिज्ञापन

उनका अनुसार अघिल्लो वर्षको संक्रमित लामखुट्टेका अण्डाहरू विकसित भएर यो वर्ष डेंगु फैलिएको हो। माघ र फागुन महिनाको तथ्यांकले नै गण्डकी प्रदेशमा डेंगु फैलिने संकेत दिएको थियो। यसैले स्थानीय तहलाई विशेष प्राथमिकतामा राखेर काम गरिएको डा. दाहालले बताए।

उनका अनुसार कुनै क्षेत्रमा डेंगु फैलिने यकिन अनुमान गर्न नसकिए पनि फागुन-चैतमा देखिएको संक्रमितको संख्याले असार-साउनको संक्रमण दरको पूर्वानुमान गर्न सकिन्छ। तर कुन क्षेत्रमा डेंगु फैलिन्छ भनेर यकिन गर्न नसकिने उनको भनाइ छ। स्वास्थ्य विज्ञहरूले डेंगु नियन्त्रणका लागि समुदाय स्तरमा सचेतना र लामखुट्टेको वृद्धि रोक्ने खोज तथा नष्ट अभियानलाई तीव्रता दिनुपर्ने सुझाव दिएका छन्। विशेष गरी जोखिम समूहका व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते