होमपेज > कास्कीका एसपी र डीएसपी अदालतमा पुगेपछि…

कास्कीका एसपी र डीएसपी अदालतमा पुगेपछि…

बिज्ञापन
बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याम ओलिया र डीएसपी वसन्त शर्मा जिल्ला अदालत कास्कीमा पुगेका छन् ।

बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जीको तयारी भएको भनिएको बेला दुई प्रहरी अधिकारी शुक्रबार दिउँसो अदालतमा पुगेका हुन् । उनीहरू अदालत पुगे पनि रवि विरुद्ध पक्राउ पुर्जीका लागि हो या अन्य प्रयोजनका लागि भन्ने खुलेको छैन ।

बिज्ञापन

उनीहरू सञ्चारकर्मीलाई छल्दै अदालत प्रवेश गरेका थिए । उसो त आजै सहकारी ठगी प्रकरणमा यसअघि नै पक्राउ परेका रविका तत्कालीन साझेदार छविलाल जोशीविरुद्ध पनि आजै म्याद थप हुँदै छ । असोज ६ मा उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले जोशीसँग सुर्यदर्शनको निक्षेप गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेकोबारे लामो बयान लिएका छन् । जोशीसँग ३६ पेज लामो बयान लिइएको अनुसन्धानमा संलग्न कास्कीका एक जना प्रहरी अधिकृतले बताए । उनको बयानसँगै रविलाई समेत पक्राउको तयारी भएको बताइएको छ । तर, हालसम्म पक्राउ पुर्जी भने जारी नभएको अदालतले जनाएको छ ।

बिज्ञापन

यद्यपि रविलाई पक्राउ गर्न लागिएको विषयमा शुक्रबार नै बसेको प्रतिपक्षी दलको बैठकमा समेत छलफल भएको थियो । रविलाई पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने प्रतिपक्षी दलले चेतावनी दिएका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते