होमपेज > घट्यो करेला र परवरको मूल्य, कति छ आज अरू तरकारीको बजार भाउ?

घट्यो करेला र परवरको मूल्य, कति छ आज अरू तरकारीको बजार भाउ?

बिज्ञापन
बिज्ञापन

अघिल्लो दिनको तुलनामा शुक्रबार तिते करेला र परवर किलोमा औसत १० रुपैयाँ घटेको छ । कालीमाटी होलसेल बजारमा बिहीबार तिते करेला प्रतिकिलो अधिकतम ८० रुपैयाँ रहेकोमा आज ७० रुपैयाँमा झरेको छ । त्यस्तै परवर ७० बाट ६० रुपैयाँमा झरेको छ ।

बिज्ञापन

बन्दा, गाजर र स्थानीय काउली पनि केही सस्तिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार यस दिन बन्दा प्रतिकिलो अधिकतम ५० रुपैयाँमा कारोबार भएको छ । स्थानीय काउली १०० तथा गाजर ९० रुपैयाँमा कारोबार भएको छ ।

बिज्ञापन

प्याज प्रतिकिलो अधिकतम १०५ रुपैयाँमा कारोबार भएको समितिले जनाएको छ । समितिका अनुसार ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम १४०, सानो स्थानीय गोलभेँडा ९०, रातो आलु ९०, भारतीय रातो आलु ६० रुपैयाँमा कारोबार भएको छ ।

रातो मुला ५०, सेतो मुला ४०, लाम्चो भन्टा ४०, तने बोडी १३०, स्थानीय घिउ सिमी ७०, राजमा २००, टाटे सिमी ९०, लौका ५०, घिरौंला ८०, बरेला १००, इस्कुस ३०, भिण्डी ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कन्य च्याउ १४०, डल्ले च्याउ ३००, कुरिलो ५०० रुपैयाँ प्रतिकिलो छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते